२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

बाढीले बनेपा जलमग्न, अरनिको राजमार्ग अवरुद्ध

  • २०७९ जेष्ठ १६, सोमबार मा प्रकाशित १ साल अघि
  • जेठ १६, २०७९

    काभ्रे । जेठमै आएको बाढीले काभ्रेको बनेपा बजार जलमग्न बनेको छ ।

    स्थानीय पुण्यमाता खोला बजारमा बस्दा बनेपास्थित पुलबजार क्षेत्रमा सडक अवरुद्ध बनेको स्थानीय रविन गौतमले जानकारी दिए ।

    अतिक्रमण गरी खोलालाई निकै साँघुरो बनाइएकाले सानोतिनो पानी आउँदा पनि बनेपा बजार जलमग्न हुने गरेको छ ।

    स्थानीय सरकारले गएको पाँच वर्षे कार्यकालमा यो समस्या समाधान गर्न उल्लेख्य काम नगरेका कारण समस्या ज्युँकात्युँ रहेको गौतमले बताए ।

    यसपटक चुनावमा पनि डुबान समस्या बनेपाको मुख्य चुनावी एजेन्डा बनेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस