२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

पार्टीले उठाएका उम्मेदवारलाई भोट नहाल्ने खतरनाक प्रवृत्ति देखियो : शेरबहादुर तामाङ

  • २०७९ जेष्ठ १२, बिहिबार मा प्रकाशित १ साल अघि
  • जेठ १२, २०७९

    चौतारा । नेकपा एमालेका नेता शेरबहादुर तामाङले स्थानीय चुनावमा पार्टीले प्रमुख पदमा उठाएका उम्मेदवारलाई मत नदिने खतरनाक प्रवृत्ति बढेको बताएका छन्।

    संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता तामाङले यो प्रवृत्तिमाथि गम्भिर समीक्षा हुने बताए।

    ‘अहिले निर्वाचनमा पालिका हुन् वा वडा, तल्लो सेटमा पूरै मत दिने तर मुख्य पदमा मत नदिएको पाइयो। यो खतरनाक प्रवृत्ति कसरी हाम्रो पार्टीभित्र प्रवेश भयो यसबारेमा तल्लो तहसम्म गम्भिर समीक्षा हुनेछ’, उनले भने।

    प्रमुखमा नहाल्ने तर, तल्लो तहको सेटलाई नै हाल्ने प्रवृत्ति देखिएपछि यस विषयमा छानबिन गर्नका लागि पार्टीले फर्म्याट नै बनाएर जिल्ला तहसम्म पठाइएको उनले जानकारी दिए।

    जिल्ला तहदेखि उक्त फर्म्याटमाथि काम भएर रिपोर्ट आएपछि गम्भिर छलफल हुने तामाङले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस