२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

गाेकुल बाँस्काेटाकाे जिल्ला कांग्रेस पहिलो, एमाले तेस्रो

  • २०७९ जेष्ठ १०, मंगलबार मा प्रकाशित १ साल अघि
  • जेठ १०, २०७९

    काभ्रे । स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामअनुसार काभ्रेपलाञ्चोक जिल्लामा नेपाली कांग्रेस पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र नेकपा (एमाले) तेस्रो भएको छ । कांग्रेस सात, नेकपा (माओवादी केन्द्र) चार, नेकपा एमले एक र नेकपा (एकीकृत समाजवादी) एक पालिकास्तरको प्रमुख तथा अध्यक्षमा विजयी भएको हो ।

    कांग्रेसले जिल्लाको बनेपा, पनौती, नमोबुद्ध र पाँचखाल नगरपालिकामा प्रमुख पदमा विजयी हासिल गरेको छ भने रोशी, तेमाल र बेथानचोक गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएको छ ।

    यसैगरी कांग्रेस धुलिखेल र मण्डनदेउपुरमा उपप्रमुख तथा महाभारत, खानीखोला, भुम्लु र चौरीदेउराली गाउँपालिकामा उपाध्यक्ष पदमा विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) खानीखोला, चौरीदेउराली, महाभारत र भुम्लु गाउँपालिकाको अध्यक्ष पदमा र र उपप्रमुख पदमा नमोबुद्ध नगरपालिकामा विजयी हासिल गरेको छ ।

    एमाले प्रमुख पदमा धुलिखेल र उपप्रमुख पदमा बनेपा, पनौती र पाँचखाल नगरपालिकामा विजयी भएको छ । नेकपा (एकीकृत समाजवादी)ले भने मण्डनदेउपुर नगरपालिकाको प्रमुख पदमा विजयी हासिल गरेको छ । वडागत हिसाबमा भने पहिलो पार्टी कांग्रेस, दोस्रोमा एमाले, तेस्रोमा माओवादी केन्द्र र चौथोमा एकीकृत समाजवादी रहेको छ ।

    जिल्लाको १३५ वटा वडामध्ये कांग्रेसले जिल्लाका ६० वटा वडामा जित हासिल गरेको छ भने नेकपा एमालेले ४३ वटा वडा र नेकपा (माओवादी केन्द्र)ले २५ वटा वडामा विजयी हासिल गरेको छ । समाजवादी चार वटा वडा, स्वतन्त्र दुई वटा वडा र राष्ट्रिय प्रजातन्त्र पार्टी एक वटा वडामा विजयी भएको छ । याे पूर्वमन्त्री समेत रहेका गाेकुल बाँस्काेटाकाे गृहजिल्ला समेत हाे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस