२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

भोटेकोशीमा कांग्रेस विजयी

  • २०७९ जेष्ठ २, सोमबार मा प्रकाशित १ साल अघि
  • जेष्ठ २, २०७९

    चाैतारा । भोटेकोशी गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका पासाङनोर्बु लामा २६०५ मत र उपाध्यक्षमा २७१२ मत ल्याएर दिछेन शेर्पा विजयी भएका छन् ।

    शेर्पा र लामाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खड्का २०४८ र सुन्तलीमाया श्रेष्ठले २५५३ मत पाएर पराजय बेहोरेका छन् भने माओवादी केन्द्रका राजकुमार पौडेलले १९१८ र आशा गुरुङले १६१२ मत ल्याएका छन् ।

    अघिल्लो ०७४ स्थानीय निर्वाचनमा भोटेकोशी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका पौडेल र उपाध्यक्षमा दाबुटी शेर्पाले आधा वडासहित बाजी मारेका थिए ।

    यसपटक पुन: त्यही पदमा दोहोरिएका पौडेलले पराजय बेर्होनुपर्‍यो । अघिल्लो निर्वाचनमा जितेका पौडेल भएकाले यसपटक उनैले जित्ने अनुमान गरिएको थियो । तर, अनपेक्षित रुपमा लामा र शेर्पाले मतमा क्रमश: अग्रपंक्ति लिएर अन्तिममा विजय नै भएका छन् ।

    भोटेकोशी गाउँपालिका–१ राजु लामा, २ मा कुमार श्रेष्ठले , ६ मा दावातेम्बा तामाङ कांग्रेसतर्फबाट जितेका छन् । त्यसबाहेक भोटेकोशी गाउँपालिका ३ मा स्वतन्त्र उम्मेदवार निमा सोनु शेर्पा र ४ मा एमालेका टासी शेर्पा विजयी भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस