२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

स्थानीय निर्वाचन : आजदेखि ६ दिनसम्म विद्यालय बन्द

  • २०७९ बैशाख २८, बुधबार मा प्रकाशित २ साल अघि
  • वैशाख २८, २०७९

    चाैतारा । स्थानीय तह निर्वाचनका लागि आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् ।

    सरकारले मतदानको दिन ३० गते मात्रै विदा दिने निर्णय गरेको थियो । तर धेरैजसो सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरु बन्द गरिएको हो ।

    यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिएको थियो ।

    वैशाख ३१ गते शनिबार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेकाले आइतबार पनि विदा हुने छ । जेठ २ गते बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक बिदा हुने छ । त्यसकारण आजबाट ६ दिनसम्म विद्यालयहरु बन्द हुने छन् । विद्यालयहरु बन्द भएसँगै काठमाडौं उपत्यकाबाट मतदान गर्न गाउँ फर्किनेहरुको संख्या आजबाट बढेको छ ।

    शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले आजबाट ६ दिनसम्म विद्यालयमा पढाइ नहुने बताइन् । हाल देशभर करिब २७ हजार सामुदायिक र करिब ८ हजार निजी विद्यालय छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस