२०८३ जेष्ठ २४, आईतबार | Sun, 07, Jun, 2026

मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन बिदा

  • २०७९ बैशाख २२, बिहिबार मा प्रकाशित ४ साल अघि
  • बैशाख २२, २०७९

    चाैतारा । आगामी स्थानीय तहको निर्वाचनमा मतदान केन्द्र तोकिने विद्यालय तीन दिन बन्द रहने भएको छ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मतदान केन्द्र कायम भएका विद्यालय वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द रहने जानकारी दिएको हो।

    केन्द्रले बिहीबार सूचना जारी गरि ३ दिन उक्त विद्यालयमा वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बन्द गर्न माग गरे अनुसार यो निर्णय लिएको विकास केन्द्रले जनाएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस