
बैशाख २२, २०७९
चाैतारा । अत्याधिक भारवहनका सामाग्री ओसारपसार गर्दा सिन्धुपाल्चोकबाट दोलखा जोड्ने एक मात्र सुनकोशी पुल जोखिममा परेको छ । क्षमताभन्दा बढी तौल भएको सामाग्री ओसारपसार गर्दा खाडिचौरस्थित लामोसाँघु जिरी सडकको पक्की पुल जोखिममा परेका हो ।
यो पुलले सिन्धुपाल्चोकको बलेफी गाँउपालिका–७ र सुनकोशी गाउँपालिका–७ जोड्छ । अरनिको जिरी सडक जोड्ने सुनकोशी खोलामा निर्मित पुल
सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली सम्म जोड्ने एकमात्र पुल हो । लामोसाँघु जिरी सडक स्थापना संगै निर्मित पुलको लम्बाई ७२.८ मिटरको छ । ट्रष्टको प्रयोगगरि निर्माण गरिएको उक्त पुल पुरानो र जीर्ण भईसकेको छ ।
तर, पनि हाईड्रो पावरका ठूला ठूला उपकरण ओसार पसार गर्दा झनै जोखिममा परेको स्थानीय सदाबहार युवा क्लबका अध्यक्ष अनिल लामाले बताए ।
अत्याधिक भारवहनका सामाग्रीहरु पुलबाट ओसारपसार गर्नुपर्दा तौल पुलको प्रयोग गरि क्षमतासम्मका सामान मात्र पुल वटा ओसारपसार गर्नु पर्ने सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख अर्जुन सुवाल बताउँछन् । तर अध्याधिक भरवहनका सामान ओसारपसार गर्दा समेत सडक कार्यालयलाई जानकारी नहुने गरेको उनको भनाई थियो।
अत्याधिक तौल भएका सामान पुलबाट ओसारपसार गर्दा सडक कार्यालयवाट अनुमति लिनु पर्ने हुन्छ । तर अनुमति नलिई ओसार पसार गर्ने गर्दा पुलको जोखिममा परेको सडक डिभिजन कार्यालयको भनाई छ ।
अत्याधिक भारवहान गर्न खाडिचौरको पुलले सक्दैन यसको लागि डाईभर्सन पुलको निर्माण गरेर लैजानुपर्ने सुवालको भनाई छ । यस वर्ष लिखु जलविद्युत आयोजनाको उपकरण ओसारपसार गर्दा पुलबाटै जर्बजस्ती लगेको स्थानीय मनकुमार श्रेष्ठले जानकारी दिए ।
धेरै तौलका सामाग्री ओसारपसार गर्दा वैकल्पिक पुलको व्यबस्थापन गर्नु पर्ने नीति भएपनि व्यवहारमा यस्तो नभएको श्रेष्ठले बताए । पुलको जोखिमताई ध्यान दिन आग्रह गरेपनि जलविद्युत आयोजनाले नसुनेको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस