२०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

वाईसीएल जिल्ला इन्चार्ज रानासहितको टोली एमालेमा प्रवेश

  • २०७९ बैशाख २२, बिहिबार मा प्रकाशित ४ साल अघि
  • वैशाख २२, २०७९

    चाैतारा । नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएल नेपालका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक इन्चार्ज सुरेश राना ‘योगदान’ नेकपा एमाले मा प्रवेश गरेका छन् ।

    बिहीबार बिहान नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले रानासहितका वाईसिएलका कार्यकर्तालाई आफ्नै निवास बालकोटमा पार्टी प्रवेश गराएका हुन् । चौतारा साँगाचोगगढी नगरपालिका-१३ मा वडा अध्यक्ष छनोटमा एकलौटी गरेको भन्दै युवाहरू असन्तुष्ट थिए ।

    उनीहरूले उम्मेदवारी मनोनयनका क्रममा विरोध प्रदर्शन समेत गरेका थिए । चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र र समाजवादीबीच गठबन्धन भएको छ भने एमाले र काग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा छ ।

    गठबन्धनबाट माओवादी केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा मेयरका उमेदवार छन, त्यस्तै एमाले बाट इन्द्रबहादुर नेपाल र काग्रेस बाट केशवराज गिरी मेयरका उमेदवार छन् ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस