२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

गठबन्धनमा सहमति नभए एमालेसँग तालमेल हुँदैन : कांग्रेस

  • २०७९ बैशाख ३, शनिबार मा प्रकाशित २ साल अघि
  • बैशाख ३, २०७९

    काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धनको दल बाहेक एमालेसँग चुनावी तालमेल नगर्न निर्देशन दिएको छ। महानगर र उपमहानगरको कार्यसम्पादन समितिको बैठकले एमालेलाई जित्ने सुनिश्चितता सहित मित्रवत् प्रतिस्पर्धा गर्न भनेकाे हाे।

    बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भने,‘महानगर र उपमहानगरबाहेक स्थानीय वस्तुस्थिति र आवश्यकता अनुसार केन्द्रीय समितीको बैठकको निर्णयअनुसार हुन्छ। समझदारी हुन सक्दैन भने एमालेलाई जित्छौँ भन्ने आयो भने मित्रवत् प्रतिस्पर्धा हुन्छ। तर, एमालेलाई जित्न सकिने सुनिश्चित हुनुपर्छ। गठबन्धनका दलबीच बाहेक एमालेसँग गठबन्धन गर्न पाइँदैन।’

    महानगर र उपमहानगरको भागबण्डा केन्द्रले निर्णय गर्ने उनले बताए। तर, नगरपालिका र गाउँपालिकाको हकमा गठबन्धनको सहमतिअनुसार जिल्ला सभापति र क्षेत्रीय सभापतिसहितको टोलीले गठबन्धन दलका स्थानीय नेतृत्वसँग छलफल गर्ने बताए।

    प्रवक्ता महतले भने, ‘महानगर र उपमहानगरको बिषयमा केन्द्रले कहाँ गठबन्धन गर्ने भन्नेबारेमा गठबन्धन शीर्ष तहमा निर्णय भएअनुसार सुझाव लिनको लागि छलफल भइरहेको छ। निर्णयमा भएको छैन।’

    उनले केन्द्रले स्थानीय तहमा गठबन्धन गर भनेर दबाब नदिने बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस