२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

सिन्धुपाल्चोकमा गठबन्धन : माओवादीले खाेज्याे ५० प्रतिशत भाग

  • २०७८ चैत्र २३, बुधबार मा प्रकाशित २ साल अघि
  • चैत २३, २०७८

    चौतारा । आसन्न स्थानीय तहको निर्वाचनमा भागबण्डाको बिषयमा गठबन्धनभित्र सिन्धुपाल्चोकमा छलफल सुरु भएको छ। छलफलको क्रममा माओवादी केन्द्रले जिल्लाको पहिलो पार्टी भएको दाबी गर्दै ५० प्रतिशत हिस्सा दिनुपर्ने अडान राखेको छ।

    माओवादीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोकका नेता माधव सापकोटा सुवोधले सिन्धुपाल्चोकमा माओवादी कांग्रेसभन्दा कमजोर नरहेकाले ५० प्रतिशतको हिस्सा मागेको बताए।

    नेता सापकोटाले भने, ‘यसअघि हामीले एमालेसँग पनि ५०/५० मै निर्वाचनमा भाग लिएका हौं, कांग्रेससँग पनि हामी सोही माग राख्दछौं।’

    त्यसो त माओवादीले ५० प्रतिशत हिस्सा माग्दैगर्दा सिन्धुपाल्चोक कांग्रेस नेताहरु भने माओवादीलाई ५० प्रतिशत हिस्सा दिएर गठबन्धन गर्न नसकिने निष्कर्षमा पुगेका छन्। यता, गठबन्धनमा एमालेले जितेको स्थानमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले समेत दाबी गरिरहेकाले सिन्धुपाल्चोकमा गठबन्धन पेचिलो बन्दै भइरहेको छ।

    चुनावी तालमेलको मोडालिटीबारे जिल्लाका शिर्ष नेताहरु निरन्तर संवादमा छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस