२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

‘पढ्दै कमाउँदै’ कार्यक्रममा सिन्धुपाल्चोकका दुई विद्यालय छनोट

  • २०७८ चैत्र १६, बुधबार मा प्रकाशित २ साल अघि
  • चैत १६, २०७८

    चौतारा । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि सिन्धुपाल्चोकका दुई विद्यालय छनोट भएका छन्। देशभरको १४० विद्यालयमध्ये सिन्धुपाल्चोकको दुई विद्यालय छनोट भएका हुन्।

    सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ४ कुविण्डेस्थित सेतिदेवि पञ्चकन्या माध्यामिक विद्यालय (कृषि) कार्यक्रमअन्र्तगत र पाँचपोखरी थाङपाल गाउँपालिका क्षेत्रपालेश्वरी माध्यामिक विद्यालय (कृषि/माछा/च्याउ/तरकारी) कार्यक्रम अन्तर्गत परेको छ।

    शिक्षा मन्त्रालयले देशभरका स्थानीय तहमार्फत सामुदायिक विद्यालयसँग प्रस्ताव मागेकोमा यही चैत ८ को निर्देशक समितिको बैठकले ती विद्यालय छनोट गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक सुरेशकुमार जोशीले जानकारी दिए ।

    शेरबहादुर देउवा नेतृत्वको सरकारले पुरक बजेटमार्फत शिक्षालाई सीपसँग जोड्न यो कार्यक्रम ल्याएको थियो । यस कार्यक्रममा प्राविधिक धारको कक्षा सञ्चालन भएका विद्यालयलाई प्राथमिकता दिइएको छ ।

    छनोट भएका विद्यालयलाई सरकारले अनुदान दिनेछ । सोही अनुदान रकमका आधारमा विद्यार्थीलाई पढ्दै, कमाउँदै अभियानमा सामेल गराइनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस