२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

पाँचपोखरीमा नमूना विद्यालय, राष्ट्रपतिले उद्घाटन गर्ने

  • २०७८ चैत्र १६, बुधबार मा प्रकाशित २ साल अघि
  • चैत १६, २०७८

    चौतारा । पाँचपोखरी थाङपाल गाउँपालिकाको ‘ड्रिम प्रोजेक्ट’का रुपमा रहेको थाङपाल भ्याली मावि भवन निमार्ण सम्पन्न भएको छ । बागमती प्रदेशभित्र बृहत् विद्यालयका रुपमा सञ्चालनमा आउने सो विद्यालय प्रदेशभित्रकै दोस्रो विद्यालय हुनेछ ।

    पालिकाभित्रको रैथानेश्वरी मावि, चिलाउने मावि, टालटुलेश्वरी आधारभूत विद्यालय र तीन कन्या आधारभूत विद्यालय गाभेर वडा नं ४ स्थित थाङपालकोटमा एउटै नमूना विद्यालय बनाइएको हो ।

    एसियाली बैंक ९एडिबी०को २४ करोड लागत अनुमान अनुसार अहिले विद्यालयको सुविधा सम्पन्न पाँच भवन ९ब्लक० निर्माण सम्पन्न भएको छ । गुणस्तरीय र प्राविधिक शिक्षालाई आत्मसात् गर्दै पालिकाले चार विद्यालयलाई गाभेर १२ कक्षासम्म सञ्चालन गर्ने गरी थाङपाल भ्याली मावि विद्यालय बनाएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

    प्राकृतिक रुपमा सुन्दर तर भूगोलको हिसाबले विकट यो विद्यालयमा कम्प्युटर प्रयोगशाला, खाजाघर, छात्रावासको व्यवस्था, बालमैत्री संरचना तथा स्कुल बसको व्यवस्थापन हुनेछ । ग्रामीण भेग शिक्षाको गुणस्तर वृद्धि हुने देखिएपछि विद्यार्थीसँगै अभिभावक पनि खुसी छन् ।

    गाउँपालिका र वडाको सहकार्यमा २६ रोपनी जग्गा व्यवस्था गरी ५६ कोठे पाँचवटा प्राविधिक भवन निर्माणको काम गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुन्दर सापकोटाले बताए । विद्यार्थी, शिक्षक र आवश्यक स्रोतको उचित समायोजनमा सहजताका साथै समयसापेक्ष शिक्षा प्रणालीमा ग्रामीण भेगका विद्यार्थीको पनि पहुँच पु¥याउने उद्देश्य रहेको उहाँको भनाइ छ ।

    विद्यालय निर्माण गर्न केन्द्र सरकार, प्रदेश सरकार, जनप्रतिनिधि, वडावासी तथा आर्थिक सहयोग गर्ने एडिबीप्रति आफूहरु आभारी रहेको उहाँको भनाइ छ ।यो भवन भोलि राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुँदैछ ।

    पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नै पाठ्यक्रम मेरो पाँचपोखरी तयार पारेर पठनपाठन सुरु गरेको छ । कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम गाउँपालिका आफैले तयार गरी पठनपाठन सुरु गरेको हो । जिल्लाको दुर्गम भेग पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रमसहितको पाठ्यपुस्तक सञ्चालनमा ल्याएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस