२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

हेलम्बुका युवा माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत

  • २०७८ चैत्र १५, मंगलबार मा प्रकाशित २ साल अघि
  • चैत १५, २०७८

    चौतारा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक निर्वाचन परिणाम माओवादीको पक्षमा बढी आउने दाबी गरेका छन् ।

    उनले यसअघि अनेक जालझेल गरेर अन्य पार्टीले निर्वाचनको परिणाम हात पारेको र यसपटक निर्वाचनको नतिजा सुल्ट्याइने बताए ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका युवाहरूलाई पार्टी प्रवेश गराउँदै देशभर युवाहरूको पार्टीमा आकर्षण बढेकाले निर्वाचन परिणाम माओवादीको पक्षमा पार्न असहज नभएको दाबी गरे ।

    उनले माओवादीमा प्रवेश गरेर सचेत युवा वर्गले सही निर्णय लिएको पनि बताए ।

    तपाईं युवाहरूले सही निर्णय गर्नुभयो । तपाईंहरूलाई बधाई र स्वागत गर्न चाहन्छु । संघीय लोकतान्त्रिक गणतन्त्रको जन्मदाता माओवादी केन्द्र हो । संविधानको रक्षा गर्न, सामाजिक न्यायसहितको समाज बनाउन र देशको समृद्धिसँगै विकास गर्ने पार्टी माओवादी हो । अब यसपटक निर्वाचनको नतिजा हामीले सुल्ट्याउनुपर्छ’, प्रचण्डले भने ।

    प्रचण्डले हेलम्बुका प्रभावशाली युवाहरू दिनेश थापा, सञ्जय तामाङ, समीर केसी, निमा लामा, मुस्कान भण्डारी, विकास लामालगायतलाई पार्टी प्रवेश गराएका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस