२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

एमाले जिल्ला कमिटी सदस्य माओवादी प्रवेश, प्रचण्डद्वारा स्वागत

  • २०७८ फागुन २९, आईतबार मा प्रकाशित २ साल अघि
  • फागुन २९, २०७८

    चौतारा । नेकपा (एमाले)सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङ माओवादी केन्द्र प्रवेश गरेका छन्।

    तामाङसहित एमाले, नेपाली कांग्रेस र राप्रपा परित्याग गरी १ दर्जन बढी नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन्।

    नवप्रवेशीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका छन्।

    स्वागत गर्दै प्रचण्डले पार्टीमा सहभागी हुने सबै नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताए। जनपक्षीय एजेण्डलाई कार्यान्वयन गराउनका लागि जनताको घर दैलोमा लैजान र देशका लागि आफूहरुका तर्फबाट गरिएको पहलबारे जानकारी गराउनसमेत उनले आग्रह गरे ।

    कार्यक्रममा माओवादीका नेता युवराज दुलाललगायत नेता तथा कार्यकर्ताको समेत उपस्थिति थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस