२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

मेलम्चीमा यही साताभित्र राष्ट्रिय परिचय पत्र विवरण हुने

  • २०७८ फागुन २३, सोमबार मा प्रकाशित २ साल अघि
  • फागुन २३, २०७८

    चौतारा । सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियानका लागि मेलम्ची नगरपालिकामा अभिमुखिकरण तथा अन्तरक्रिया भएको छ।

    मेलम्ची नगरपालिका ११ र १२ वडामा यही हप्ताको अन्त्य देखि र अन्य वडाहरुमा करिब १० दिन पछि यो अभियान शुरु हुनेबारे छलफल भएको हो।

    कोरोना संक्रमणको दर घटेतापनि स्वास्थ्य सतर्कता अपनाउदैं आआफ्नो वडामा आफ्नो पालोमा निम्न सक्कल प्रमाणसहित उपस्थित भई विवरण यकिन गरी दर्ता गराउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

    यो अभियान प्रत्येक वडामा करिब १५ दिनसम्म सञ्चालन हुनेछ । पछि परिचय पत्र छापिएर आएपछि वितरण गर्दा पुनः छुट्टै अभियान सञ्चालन हुने जनाएको छ।

    आवश्यक कागजातहरु

    १. नेपाली नागरिकताको सक्कल प्रमाण पत्र अनिवार्य
    २. नागरिकतामा जन्ममिति नखुलेमा मिति खुल्ने प्रमाण
    ३. नागरिकतामा भन्दा फरक ठेगाना भएमा वसाइसराई
    ४. नागरिकतामा पति पत्नी नखुलेको हकमा विवाह दर्ता प्रमाण
    ५. नागरिकतामा अंग्रेजी नाम नभएकोमा भरसक अंग्रेजी नाम खुल्ने कागजात
    ६. विवरण पुष्टी गर्ने अन्य कागजातहरु आवश्यकतानुसार जस्तैः मुत्यु दर्ता, सम्बन्ध विच्छेद आदि ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस