२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

शेरबहादुरको आश्वासन : मेलम्चीलाई प्रदेश अस्पतालको रुपमा विकास गछौँ

  • २०७८ फागुन १९, बिहिबार मा प्रकाशित २ साल अघि
  • फागुन १९, २०७८

    चौतारा । मेलम्चीमा अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । पुर्वमन्त्री शेरबहादुर तामाङले बिहिबार मेलम्चीमा अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन्।

    मेलम्चीको नगर अस्पतालमामा मेलम्ची नगरपालिका, संसद् विकास कोष, ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति लगायतको सहयोगमा करिव १ करोडमा जडान गरिएको ४८ सिलिन्डर क्षमता प्लान्टबाट अक्सिजन उत्पादन सुरु गरिएको छ ।

    कार्यक्रममा बोल्नुहुदै तामाङले अब विस्तारै स्वास्थ्य पहुँच सहज हुँदै गएको बताए। मेलम्ची भेगकै एक मात्र अस्पताल रहेकाले प्रदेश अस्पतालको रुपमा विकसित गर्न पहल भइरहेको उनले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस