२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

कहिलेसम्म दिन पाइन्छ बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन ?

  • २०७८ फागुन १३, शुक्रबार मा प्रकाशित २ साल अघि
  • फागुन १३, १०७८

    चाैतारा । बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समयावधि थप भएको छ । कम्पनीको आईपीओमा आवेदन दिने अवधि बिहीवारसम्म रहेपनि आईपीओमा पूर्ण आवेदन नपरेको हुनाले फागुन १९ गतेसम्म विक्री गर्ने जनाएको छ।

    कम्पनीको आईपीओमा बुधवार बिहान १० बजेसम्म ५ लाख ५० हजार २३० कित्ताका लागि आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार उक्त अवधिसम्म २ हजार ९२२ जनाले रू. ५ करोड ५० लाख बराबरको आवेदन दिएका हुन् । 

    कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ विक्री खुला गरेको हो । 

    कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १८ लाख २७ हजार ९७० कित्ता स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो । जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाको जुगल वडा नं २,३,४ का स्थायिनलाई छुट्याएको छ भने बाँकी रहेको ७ लाख ३१ हजार १८८ कित्ता शेयर आयोजनाका १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाउँपालिकाका वडा नं ५ र ७, बलेफी गाउँपालिका वाड नं १, ३, ६ र ८ तथा सुनकोशी गाउँपालिकाका वडा नं ७ का स्थानीयलाई छुट्याएको छ । 

    उक्त आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवदेन दिन सक्नेछन् । 

    कम्पनीले निष्कास गरिहेको आईपीओलाई इक्रा नेपालले इस्यूअर रेटिङ डबल बि प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।
     
    विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले कुमारी बैंकको जलबिरे शाखा, एनसीसी बैंकको ढाँडे शाखा र ग्लोबल आइएमई बैंकको चौतारा शाखा तथा लक्ष्मी बैंकको खाडीचौर शाखर चौतारा शाखाबाट आवेदन दिन सक्नेछन् । 

    त्यसैगरी, महालक्ष्मी विकास बैंकको् खाडीचौर शाखा तथा लक्ष्मी र सिन्धु विकास बैंकको खाडीचौर, जलविरे तथा लामोसाँगु शाखाबाट आवेदन दिन सक्नेछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस