२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

सिन्धुपाल्चोकमा पनि देखियो बर्ड फ्लु

  • २०७८ फागुन १३, शुक्रबार मा प्रकाशित २ साल अघि
  • फागुन १३, १०७८

    चाैतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा स्थानीय किसानले पालेको बोइलर कुखुरामा बर्ड फ्लु भेटिएको पुष्टि भएको छ ।

    बलेफी गाउँपालिका वडा न ८ लामोसाँघुमा एक किसानले पालेको ४ हजार कुखुरामध्ये २५ सय कुखुरा धमाधम मर्न थालेपछि फागुन १० गते काठमाडौँ त्रिपुरेश्वरमा नमूना परीक्षणका लागि लगिएको थियो ।

    नमूना परीक्षणबाट बर्ड फ्लु पुष्टि भएको बलेफी गाउँपालिका पशु सेवा प्राविधिक दीपेन्द्र दंगालले जानकारी दिए । बर्ड फ्लु पुष्टि भएसँगै फर्मलाई सिल गरिएको छ ।

    प्राविधिक दंगालका अनुसार तीव्र गतिमा फैलावट हुने एच फाईभ एन वान बर्ड फ्लु पुष्टि भएपछि अन्य फर्मका कुखुरालाई पनि परीक्षणका लागि काठमाडौँ पठाइसकेको छ ।

    कुखुरा फर्ममा बर्डफ्लु देखिएपछि गाउँपालिकाले किसानलाई फर्ममा चुना र भिर्कोनो छर्न एवम् उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस