२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

सिन्धुपाल्चोकमा पनि गठबन्धनलाई बलियो बनाउने सहमति

  • २०७८ फागुन ९, सोमबार मा प्रकाशित २ साल अघि
  • फागुन ९, २०७८

    चाैतारा । सिन्धुपाल्चोक जिल्लामा पनि सत्ता साझेदार दलका शिर्ष नेताहरुको बैठक बसेकाे छ।

    साेमबार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सिन्धुपाल्चोक जिल्ला अध्यक्ष गोविन्द पराजुलीको अध्यक्षतामा बैठक बसेको हो ।

    बैठकले सिन्धुपाल्चोकमा पनि गठबन्धन दलहरुको सद्भाव पुर्ण भाइचारा सम्बन्धलाई निरन्तरता दिने सहमति बनेको माओवादी जिल्ला अध्यक्ष पराजुली, नेकपा समाजवादीका अध्यक्ष नवराज पौडेल, नेपाली कांग्रेस जिल्ला सभापति विकाश लामाले संयुक्त रुपमा जारी गरेकोमा विज्ञप्तिमा उल्लेख छ।

    यस्तै, जिल्लाको राजनितिक संस्कार र संस्कृतिलाई सब्य एंव सोज्छ बनाई मित्रवत प्रतिस्पर्धालाई निरन्तरता दिने र चैत्र महिनाको पहिलो साता बस्ने गठबन्धनकाे बैठक एकीकृत समाजवादीको अध्यक्षतामा बैठक बस्ने निर्णय समेत गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस