२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

बैंकिङ कसुर मुद्दामा फरार बाह्रविसेका सुमित पक्राउ

  • २०७८ फागुन २, सोमबार मा प्रकाशित २ साल अघि
  • फाल्गुन २, २०७८

    काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका ९ घर भई हाल काठमाडौंस्थित सोह्रखुट्टे बस्ने एमएम कन्स्ट्रक्सन प्रालिका संचालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौंस्थित तीनकुने बस्ने ३६ वर्षीय सुमित भण्डारी रहेका छन् ।

    आफ्नो खातामा पर्याप्त रकम नहुँदानहुँदै पनि जाहेरवालालाई झुक्याई चेक दिई बैंकिङ कसुरजन्य अपराध गरेका थिए । यसअघि उच्च अदालत पाटनले उनीहरूमाथि बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा सजाय सुनाएको थियो ।

    केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले प्रतिवादीलाई पक्राउ गरी सोमबार ललितपुर जिल्ला अदालत र भक्तपुर जिल्ला अदालतमा बुझाएको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जनाए ।

    अदालतले गुरुङलाई बिगोबमोजिम २४ दिन कैद र ७२ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ भने भण्डारीलाई ५ दिन कैद र ९ लाख ७३ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस