२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

नयाँ शैक्षिक सत्र बैशाखबाटै शुरु गर्ने तयारी

  • २०७८ फागुन १, आईतबार मा प्रकाशित २ साल अघि
  • फागुन १, २०७८

    काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र बैशाखदेखि नै शुरु गर्ने योजना बनाएको छ। कोरोना भाइरसका कारण पछिल्लो दुई वर्षयता प्रभावित शिक्षा क्षेत्रलाई पुरानै गति दिने गरी मन्त्रालयले तयारी गरेको हो।

    शिक्षा पत्रकार सञ्जाल नेपाल (ईजोन)ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्रालयका प्रवक्ता दिपक शर्माले वैशाखको पहिलो हप्तामा परीक्षा लिएर १५ वैशाखबाट भर्ना अभियान शुरु गर्न सकिने बताएका हुन्।

    वैशाखमा परीक्षा लिने, नतिजा प्रकाशन गर्ने र नयाँ भर्ना गर्ने गरे स्थानीय चुनाव पछि सहज रुपमा पठनपमठन गर्न सकिने उनी बताउँछन्। चुनावमा विद्यालय प्रयोग हुने भएकाले चुनाव अघि नै एसईईको परीक्षातालिका निकालिएको उनले बताए।

    समयमा परीक्षा नलिए विद्यार्थीको शिक्षा प्रभावित हुने भएकाले समयमा नै परीक्षा लिनुपर्ने प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारीले बताए। समयमा परीक्षा नलिँदा विद्यार्थीले पाउने अवसरबाट वञ्चित हुने भएकाले निजी विद्यालयले वैशाखकबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने हिसाबले अध्यापन गराइरहेको उनले जानकारी दिए।

    अबको दुई महीना पुर्ण रूपमा पठनपाठन गरेर परीक्षा लिन नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले सुझाव दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस