२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

एसईई परीक्षा वैशाख ९ गतेदेखि हुने

  • २०७८ माघ २६, बुधबार मा प्रकाशित २ साल अघि
  • माघ २६, २०७८

    चौतारा । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने निर्णय भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

    स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए।

    बोर्डले परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस