
माघ १९, २०७८
चौतारा । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको बलेफीबाट सुरु ब्रम्हायणी करिडोरको लाइफलाईनका रुपमा रहेको बलेफी, जलविरे, कात्तिके, तेम्बाथान सडकको बलेफी नौबिसे खण्डको अनुगमन गरेका छन्।
अनुगमनका क्रममा उनले प्रतिवद्धताअनुसार निर्माण कार्य समयमै सम्पन्न गर्न संबद्ध पक्षको ध्यानाकर्षण गराएका छन्।
सभामुख सापकोटाले जुगल हिमालको फेदी सम्म पुग्ने सो सडकको महत्व बुझेर काम गर्नु पर्नेमा जोड दिए।
अवलोकनमा सभामुख सापकोटासँगै प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अर्जुन सुवाल, बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री, उपाध्यक्ष कमला कायस्थ, सडक निर्माणको जिम्मा लिएको अन कबिर जेभीका जिम्मेवार अधिकारी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
सहायक राष्ट्रिय राजमार्गका रुपमा सूचिकृत सो सडकको हाल स्तरोन्नतिको काम भइरहेको छ ।








प्रतिक्रिया दिनुहोस