२०८३ बैशाख १३, आईतबार | Sun, 26, Apr, 2026

केही दिनभित्रमै सिन्धुपाल्चोक एमालेलाई ठुलो झड्का लाग्छ : माधव नेपाल

  • २०७८ माघ १२, बुधबार मा प्रकाशित ४ साल अघि
  • माघ १२, २०७८

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सिन्धुपाल्चोक एमालेलाई केही दिनभित्रै झड्का लाग्ने दाबी गरेका छन्।

    पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पार्टीमा युवाहरुको लहर चलिरहेको छ। केही दिनभित्रै काठमाडौंबाट नजिकै रहेको सिन्धुपाल्चोक एमालेमा ठुलो झड्का लाग्दैछ। त्यसले जिल्ला प्रदेश मात्रै नभएर देशव्यापी तरङ्ग पैदा गर्छ।’

    राष्ट्रियसभाको चुनावको आजको परिणामले तरंग पैदा गर्ने उनको दाबी छ। संविधानलाई सर्वोपरि राखेर कानुनअनुसार सबै तहको निर्वाचन गर्ने उनको भनाइ छ।

    अध्यक्ष नेपालले भने, ‘हामी संविधान भन्दा बाहिर जाँदैनौ। सबै तहको चुनाव एकैपटक गर्न सके उपयुक्त हुन्थ्यो भन्नेमा हाम्रो जोड हो। एउटा चुनाव गराउन ५ अर्ब खर्च हुन्छ। तीनवटा चुनाव गराउन २० अर्ब खर्च हुन्छ। एकैपटक गर्दा यी सबै खर्च जोगिन्छ भन्ने हो। यसले अरु चुनावमा पनि दबाव दिन्छ।’

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस