२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

मेलम्चीमा अक्सिजन प्लान्ट स्थापना

  • २०७८ माघ ९, आईतबार मा प्रकाशित २ साल अघि
  • माघ ९, २०७८

    चौतारा । मेलम्चीमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ ।

    मेलम्चीको नगर अस्पतालमामा मेलम्ची नगरपालिका, संसद् विकास कोष, ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति लगायतको सहयोगमा जडान गरिएको ४८ सिलिण्डर क्षमता प्लान्ट बाट अक्सिजन उत्पादन सुरु भएको छ ।

    मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले ग्रामीण क्षेत्रका बासिन्दालाई सस्तो मूल्यमा मेलम्चीमै स्वास्थ्य सेवा दिन सकेमा मात्र आम नागरिकले राज्यको अनुभूति गर्ने बताए।

    दैनिक ४८ सिलिण्डर भर्न सकिने क्षमताको प्लान्ट जडान पछि अब मेलम्ची लगायत आसपासका क्षेत्रमा अक्सिजनको अभाव सिर्जना नहुनेसमेत दाबी गरे।

    अक्सिजन अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले मेलम्ची अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याइएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालले बताए।

    झण्डै ९५ लाख लगानीमा भवन सहित अक्सिजन प्लान्ट निमार्ण भएको मेलम्ची नगरपालिकाका जनस्वास्थ्य प्रमुख ज्ञानेन्द्र घोरसैनीले जानकारी दिए।

    अक्सिजन प्लान्ट स्थापना भएसँगै मेलम्ची, हेलम्बु, पाँच पोखरी, इन्द्रावती लगायतका यस भेग आसपासका नागरिकलाई सहज हुने मेलम्ची नगरपालिकाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस