२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

अब सिन्धुपाल्चोकबाटै ई-पासपोर्ट, यसरी दिनुस् आवेदन

  • २०७८ माघ ८, शनिबार मा प्रकाशित २ साल अघि
  • माघ ८, २०६७

    चाैतारा । सिन्धुपाल्चोक जिल्लाबाट पनि अब ई-पासपोर्ट जारी गर्ने भएकाे छ। शुक्रबार गरेकाे परिक्षण सफल भएपछि माघ ९ गतेदेखि सामान्य रुपले आवेदन लिन शुरु गर्ने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाेकले जनाएकाे छ।

    कोभिड-19 समेतका कारण तत्कालको लागि दैनिक करिव २५ वटा आवेदन लिन सकिने व्यवस्था गरेकाे छ । त्यसकाे संख्या विस्तारै बढाउँदै लाने जनाएकाे छ।

    प्रक्रिया

    ई-पासपोर्टको आवेदन अनलाईन गर्नकाे लागि https://nepalpassport.gov.np/ मा गई Apply for ePassport मा क्लिक गरी पढेर आफुलाई उपयुक्त हुने किसिमको राहदानी आवेदन गर्नु पर्छ । १६ बर्ष माथिका निवेदकलाई राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुन्छ।

    आवेदन गरिसकेपछि प्रणालीले तपाईले कार्यालयमा सम्पर्क राख्ने समय बुक गरी जानकारी देखाउँछ । उक्त बुकिङ् प्रमाण (Printed or digital) आफुसँग राखी बुक गरेको समयमा कार्यलमा संपर्क राख्नु पर्छ । कार्यालयले तपाईँको आवेदन रुजु गर्छ, सच्याउनु पर्ने भए सच्याउँन लगाउँछ र बैंकमा गएर राजश्व तिरेको भौचर लिएर आउन आग्रह गर्नेछ । भौचर प्राप्त भएपछि निवेदकको फोटो खिचिन्छ ।

    राहदानी बनेपछि सोको जानकारी तपाईंको मोवाइलमा आउनेछ । त्यसपछि भौचर र नागरिकता सहित कार्यलयमा आएर राहदानी बुझ्न सकिन्छ ।

    ई-राहदानी दस्तुर सामान्यतः साविकको MRP कै झैं छ । थप जानकारीका लागि https://nepalpassport.gov.np/ मा हेर्न सकिन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस