२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

गुणस्तरहीन महसहित इन्द्रावतीका नरबहादुर पक्राउ

  • २०७८ माघ ७, शुक्रबार मा प्रकाशित २ साल अघि
  • माघ ७, २०७८

    चाैतारा । गुणस्तरहीन मह बनाएर शुद्ध मह भन्दै बेच्ने एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ घर भई हाल काठमाडौंको ज्याठा बस्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

    उनको साथबाट मह बनाउन प्रयोग गरिने सामग्री, मेसिन, केमिकलसहित ६०० केजी गुणस्तरहीन मह बरामद गरेको प्रहरीले जनाएको छ ।


    उनले विगत सात वर्ष अगाडिदेखि श्रीमती रस्मिलाको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी ‘स्पर्स हनी’ ब्राण्डमा गुणस्तरहीन मह बेच्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

    स्पर्स हनी भन्ने ब्राण्ड दर्तासमेत छैन । सो मह खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलमा परीक्षण गर्दा खानयोग्य नरहेको पाइएको प्रहरीले जनाएको छ ।

    उनले मह बनाउन प्रयोग गरिने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी ल्याउने र गुणस्तरहीन मह बनाएर काठमाडौं, भक्तपुर र पोखराका होटल तथा रेष्टुरेन्टहरुमा ६५० रुपैयाँ प्रतिकिलोमा बेच्ने गरेको पाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस