२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

मेलम्चीको कार्ययोजना यथाशीघ्र अगाडि बढाउन निर्देशन

  • २०७८ माघ १, शनिबार मा प्रकाशित २ साल अघि
  • माघ १, २०७८

    काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायी रूपमा मेलम्ची पानी काठमाडौं उपत्यकामा पथान्तरण गर्ने गरी बनाएको कार्ययोजना यथाशीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ।

    समितिको शुक्रबार बसेको बैंठकले मेलम्ची आयोजनाको कार्ययोजना यथाशीघ्र कार्यान्वयन गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयलाई निर्देशन दिएको हो।

    समितिका सभापति कल्याणीकुमारी श्रेष्ठको अध्यक्षतामा बसेको समितिको बैंठकले मेलम्ची खानेपानी आयोजनामा उत्पन्न भएका समस्याहरूको दीर्घकालीन समाधानको उपाय सम्बन्धमा प्रतिनिधिसभाका सदस्य र सचिवालयका कर्मचारीहरू तथा खानेपानी मन्त्रालयका पदाधिकारी एवं सम्बन्धित क्षेत्रका विज्ञहरूको समेत सहभागिता रहने गरी उपयुक्त समयमा अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ।

    समितिले अहिले भइरहेको र भविष्यमा झनै बढ्ने तापमान वृद्धि र वर्षात्को फेरबदलको प्रत्यक्ष असर पार्ने पानीको मुहान सुक्नुको रहस्य पत्ता लगाई अहिलेदेखि नै मुहानको संरक्षणको कार्ययोजना बनाई कार्यान्वयन ल्याउन समिति नेपाल सरकार खानेपानी मन्त्रलायलाई निर्देश गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस