२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

अग्रपंक्तिमा खटिनेलाई आइतबारदेखि बुस्टर डोज

  • २०७८ माघ १, शनिबार मा प्रकाशित २ साल अघि
  • माघ १, २०७८

    चौतारा । सरकारले माघ २ गतेदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा खटिने व्यक्तिलाई देशैभर बुस्टर डोज दिन लागेको हो।

    मन्त्रालयले आवश्यक तयारी गर्न सबै जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई परिपत्र गरेको छ। स्वास्थ्य सेवाविभाग परिवार कल्याण महाशाखाकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार यसअघि पूर्ण मात्रा खोप लगाइसकेको ६ महिना पूरा भएकालाई बुस्टर डोज दिइनेछ। बुस्टर डोजमा पहिले लगाइएकै खोप दिइने मन्त्रालयले जनाएको छ।

    ६० वर्ष र उक्त उमेरभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने माघ १४ गतेदेखि बुस्टर डोज दिइने मन्त्रालयले निर्णय गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस