२०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

ओमिक्रोनको त्रासले प्रशासनमा आलोपालो सेवा (सूचीसहित)

  • २०७८ पौष २८, बुधबार मा प्रकाशित ४ साल अघि
  • पुस २८, २०७८

    चौतारा । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा आलोपालो सेवा लागू भएको छ। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन आलोपालो सेवा सुरु गरेको हो।

    १२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा प्रशासनले ६६ पालिकालाई तीन तीन दिनले आलोपालो सेवा दिने एक सुचना जारी गर्दै बताएका छ।

    यस्तै, प्रशासनले कोरोनाको जोखिम बढेपछि सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य गरेको छ ।

    मंगलबार आदेश जारी गर्दै प्रशासनले आगामी २०७८ माघ ७ गतेदेखि सार्वजनिक स्थानहरुमा (कार्यालय, होटेल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, पार्क आदि) मा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिङ विरुद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने र खोप कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था मिलाउन निर्देशन दिएको थियो।

    त्यस्तै सार्वजनिक स्थलमा सबै प्रकारको राजनीतिक तथा धेरैजना उपस्थित हुनेगरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम नगर्न र अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी एकै स्थानमा भेला हुनेगरी मेला, भेला तथा महोत्सवहरु आयोजनामा रोक लगाएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस