२०८३ बैशाख १३, आईतबार | Sun, 26, Apr, 2026

सभामुखकाे उद्घाेष : देशकाे स्वाधीनतासँग कुनै सम्झौता गर्दिनँ

  • २०७८ पौष २५, आईतबार मा प्रकाशित ४ साल अघि
  • पुस २५, २०७८

    चाैतारा । सभामुख अग्निप्रसाद सापकोटाले देश स्वाधीनतासँग कुनै सम्झौता नगर्ने उद्घाेष गरेका छन्।

    सभामुखकाे गृहजिल्ला सिन्धुपाल्चोककाे लिसंखुपाखर गाउँपालिका स्थित घिच्चेत उसिदुम माध्यमिक विद्यालयको ५३ औं बार्षिकोत्सव समारोहलाई सम्बाेधन गर्दै उनलेे भने, ‘सिन्धुवासीको शीर झुक्ने कार्य गर्दिनँ।’

    आफू कुनै पनि पदमा रहे पनि नरहे पनि नेपाली जनताको हक हित,अधिकार र स्वाधीनताका लागि आफ्नो प्राण छउन्जेल लडिरहने उद्घोष गरे।

    संघीय सदनलाई जिवन्त र जनमूखी बनाउँदै गुणस्तरीय कानून निर्माणमा कुनै कसर बाँकी नराख्ने धारणा राखे ।

    सभामुख सापकोटाले भने, ‘कानून बनाउने जिम्मेवारी सभामुखको हाे। कानून बनाउने मात्र हैन गुणस्तरीय कानून बनाएर ठिक ढंगबाट कार्यान्वयन भयो कि भएन त्यसको अनुगमनको जिम्मेवारी पनि सभामुखको हो ।’

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस