२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

सिन्धुपाल्‍चोकमा एमाले : सुवासले पार्टी छाडेपछि दबाबमा शेरबहादुर !

  • २०७८ पौष २०, मंगलबार मा प्रकाशित २ साल अघि
  • पुस २०, २०७८

    चाैतारा । सिन्धुपाल्चोकमा पुस २३ गते हुने नेकपा एमालेको ९औँ जिल्ला अधिवेशनको सरगर्मी बढेको छ । वडादेखि नगर, जिल्ला तथा केन्द्रसम्मको ध्यान जिल्ला अधिवेशनमा छ । तर आम कार्यकर्ता भने ‘पर्ख र हेर’को रणनीतिमा छन् ।

    अधिवेसन सम्पन्‍न गराउन एमाले सिन्धुपाल्चोकले ५८५ जनाको आयोजक कमिटी बनाएको छ । अधिवेशनबाट १०५ सदस्यीय जिल्ला कमिटी बन्‍नेछ । ५८५ बाट १०५ सदस्यीय कमिटी बनाउन एमालेलाई सजिलो छैन । त्यसमाथि ३३ प्रतिशत महिलासँगै दलित तथा जनजातिलाई व्यवस्थापन गर्नुपर्ने चुनौती पनि एमालेलाई छ । सुभाष कर्माचार्यले पार्टी परित्याग गरेसँगै ठूलो संख्यामा नेता कार्यकर्ता खुल्न सकेका छैनन् ।

    अब बन्‍ने कमिटीमा आबद्ध रहने संख्याको ५० प्रतिशत सदस्य र असन्तुष्ट रहेका सिङ्गै टिमलाई बोकेर समाजवादीमा प्रवेश गर्ने दाउमा कर्माचार्य रहेको उनी निकट एक नेताको दाबी छ । ती नेताका अनुसार पुरानो तथा युवापुस्ताको प्रतिनिधित्व गर्ने युवाहरू र कर्माचार्यका समकालीन नेताहरूलेसमेत उनलाई साथ दिदैँछन । १२ वटै पालिकामा राम्रो पकड भएका कर्माचार्यले अधिकांश जनप्रतिनिधिसहित झण्डै आधा एमाले फुटाएर लैजाने उनको दाबी छ ।

    दबाबमा तामाङ

    जिल्लामा पार्टीको अवस्था बिग्रिने अवस्था आएपछि स्थायी समिति सदस्य शेरबहादुर तामाङलाई तनाब थपिएको छ । तामाङ र कर्माचार्यको एउटै निर्वाचन क्षेत्र हो । कर्माचार्यले पार्टीभित्र ‘भुईचालो’ ल्याउने देखिएपछि नेता कार्यकर्ता तथा अध्यक्ष केपी शर्मा ओलीलेसमेतले प्रष्टिकरण लिन थालेको स्रोत बताउँछ।

    ०७४ सालको निर्वाचनमा आफू निर्वाचित क्षेत्र साविक (निर्वाचन क्षेत्र नम्बर ३) बाट राप्रपाका पशुपति शम्सेर राणाभन्दा कम मत ल्याएका तामाङ कर्माचार्यकै क्षेत्रबाट अध्याधिक मत आएपछि निर्वाचित भएका थिए ।

    ९औँ राष्ट्रिय महाधिवेशनबाट पार्टी आन्तरिक जीवनमा प्रतिद्वन्द्विका रूपमा स्थापित तामाङ र कर्माचार्यको कलह दशौँ राष्ट्रिय महाधिवेशनसम्म आइपुग्दा कित्तामात्रै अलग भएको छैन पार्टीसमेत फरक हुने देखिएको छ । कर्माचार्यलाई केन्द्रीय सदस्यको रिङबाट आउट गराउन लागि परेका तामाङ समूह लागेको उनीहरूको दाबी छ । ओलीनिकट मानिएका सिन्धुपाल्चोकका अन्य नेताहरूले समेत उनको साथ छाड्ने देखेपछि तामाङमाथि दबाब बढेको हो ।

    ओलीलाई पक्ष सकस

    नेकपा एमालेको आसन्‍न ९ औँ जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि निकै सकस परेको छ । जिल्ला नेतृत्वको लागि दाबी गर्नेहरूको संख्या बढेपछि ओली समूहलाई पनि नेतृत्व छान्‍न सकस परेको हो । जिल्ला अध्यक्षमा आयोजक कमिटीका सहसंयोजक बालकृष्ण देउजा, निवर्तमान कमिटीका सचिव कमल नेपाल, बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री, गाउँपालिका महासङ्घका अध्यक्ष होम नारायण श्रेष्ठलगायतले दाबी गरेका छन् ।

    नेता तामाङ र अर्का नेता सरेश नेपालले दश बुँदे पक्षधर कमल नेपाललाई नेतृत्व प्रदान गर्ने संकेत पाएपछि ओली पक्ष सशंकित बनेको छ । होम नारायण श्रेष्ठ र बालकृष्ण देउजा ओलीपक्षकै रहेता पनि नेता तामाङले दश बुँदे पक्षधरलाई ‘ग्रिन सिग्नल’ दिएकोमा सशंकित बनेको हो । यता श्रेष्ठ र देउजा फरक ढङ्गले टिम बनाएर अगाडि बढ्ने सोचमा छन् ।

    ओली पक्षबाट जिल्ला अधिवेशनका दाबेदार

    अध्यक्ष ओली समूहः होम नारायण श्रेष्ठ र बालकृष्ण देउजा
    सचिव : जेपी सिलवाल,चन्द्र थिङ, बिष्णुमणी आचार्य

    १० बुँदे पक्षधरः

    अध्यक्ष : कमल नेपाल, केदार क्षेत्री
    उपाध्यक्ष :जरा लामा
    सचिवः कृष्ण गोपाल तामाङ, सोमर बम्जन, फईन्द्र तामाङ

    इकागजबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस