२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

सिन्धुपाल्चोकबाट माओवादीकाे केन्द्रीय सदस्यमा काेकाे परे? (सूचीसहित)

  • २०७८ पौष १८, आईतबार मा प्रकाशित २ साल अघि
  • पुस १८, २०७८

    चाैतारा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २९९ सदस्यीय केन्द्रीय समितिमध्ये २३६ जनाको नाम बन्दसत्रमा पेश गरेका छन् ।

    आइतबार बन्दसत्रमा प्रचण्डले पेश गरेको नाम हलले तालीका साथ अनुमोदन गरेको छ । प्रचण्डले ६३ सिट खाली गरेर खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् । 

    आठौं महाधिवेशनबाट सिन्धुपाल्चोक जिल्लाबाट केन्द्रीय सदस्य ५ जना परेका छन्। प्रचण्डकाे प्रस्तावमा सिन्धुपाल्चोकबाट कृष्णप्रसाद सापकोटा, केशव नेपाल, माधव सापकोटा सुबोध´, युवराज दुलालशरद´ र रामप्रसाद सापकोटा ` दिपशिखा´ परेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस