२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

ओमिक्रोन भेरियन्टबाट सतर्कता अपनाउन सरकारकाे अनुरोध

  • २०७८ पौष १८, आईतबार मा प्रकाशित २ साल अघि
  • पुस १८, २०७८

    चाैतारा : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को ओमिक्रोन भेरियन्ट सम्बन्धी थप सतर्कता अपनाउन अनुरोध गरेको छ।

    मन्त्रालयको स्वास्थ्य सेवा विभागले स्थानीय तह, स्वास्थ्य कार्यालय र निर्देशनालयहरूलाई पत्र लेख्दै सतर्कता अपनाउन अनुरोध गरेको हो।

    थप संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा समेत भित्रिनुले सबै निकाय अझ सतर्क र पूर्वतयारीका साथ रहनु अपरिहार्य देखिने परिपत्रमा उल्लेख छ।

    ‘विगत झैं यसपटक पनि कोभिड–१९ का केसहरू बढ्न नदिन विभिन्न उपायहरू थप प्रभावकारीताका साथ गर्नु गराउनु हुन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुरोध गर्दछ’ परिपत्रमा भनिएको छ।

    विभागले जनस्वास्थ्यको मापदण्ड (एसएमएस)को पूर्ण रूपमा पालना गर्न, भीडभाड नगर्न, मास्कको प्रयोग गर्न तथा हात धुन अनुरोध गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस