२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

हिमपातका कारण तातोपानी नाका अवरुद्ध

  • २०७८ पौष १७, शनिबार मा प्रकाशित ४ साल अघि
  • पुस १७, २०७८

    चौतारा । हिमपातका कारण तातोपानी नाका अवरुद्ध भएको छ। हिमपातका कारण तत्काल कार्गो कन्टेनर पठाउन कठिन भएको जानकारी चिनियाँ पक्षबाट आएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

    नेपालतर्फ आउँदै गरेका केही कन्टेनरहरु पनि चीनतर्फको न्यालम र खासामा रोकिएको तातोपानी भन्सार कार्यालय प्रमुख नारद गौतमले बताए ।

    हिमपात घटेर मौसम सफा नहुँदासम्म नाका सञ्चालनमा आउन सक्ने अवस्था नरहेको गौतमले बताए । यो नाकाबाट दैनिक १० देखि १२ कन्टेनर माल वस्तु नेपाल भित्रिरहेको थियो ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस