२०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

कांग्रेस अधिवेशन : प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा तामाङको प्यानलनै विजयी (मतको सूचीसहित)

  • २०७८ मंसिर १२, आईतबार मा प्रकाशित ४ साल अघि

  • मंसिर १२, २०७८

    चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं २ को सभापतिमा आइतमान तामाङको प्यानल नै विजयी भएको छ । उनले कृष्णकुमार तामाङ (समीर) लाई पराजित गर्दै विजयी भए ।

    उनले १८६ मत अन्तरले कृष्ण कुमार तामाङ लाई पराजित गरेका हुन । सभापतिमा आइतमान तामाङ ५१७ ल्याएर बिजयी भए । त्यस्तै उनका प्रतिद्वन्दी कृष्णकुुमारले ३३१ मत ल्याए ।

    सचिवमा केशव श्रेष्ठ ४२६ र बिष्णु घोरासैनीले ३७० ल्याएर बिजयी भए । त्यस्तै सचिवमै जित थिङले ३३६ र बुद्धि भट्टाराईले ३४५ मत ल्याए ।

    सहसचिवमा दिप कुमार तामाङ ३२५ र कृष्ण मुरारी चौलागाईले ३१३ मत ल्याएर बिजयी भए । त्यस्तै सहसचिवमै प्रविन थापा २५२, प्रेम सिङ तामाङ २९७ राज कुमार लम्साल २२७ मत ल्याए ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस