२०८३ जेष्ठ २६, मंगलबार | Tue, 09, Jun, 2026

कोरोना प्रभावित परिवारले अनुदानका लागि वडा कार्यालयमा निवेदन दिनुपर्ने

  • २०७८ कार्तिक २५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक २५, २०७८

    चाैतारा : अर्थ मन्त्रालयले कोभिड-१९ बाट प्रभावित परिवारलाई नगद प्राप्तिका लागि नजिकै रहेको स्थानीय तहमा १५ दिनभित्रमा निवेदन पेश गर्न आग्रह गरेको छ।

    मन्त्रालयले बिहिबार एक सूचना जारी गरी निवेदन पेस गर्न प्रभावित परिवारलाई आग्रह गरेकाे हाे।

    मन्त्रालयका अनुसार कोरोनाबाट प्रभावित अति विपन्न पाँच लाख परिवारलाई १० हजारको दरले अनुदान दिइने छ। कुन परिवारले अनुदान पाउने भनेर सरकारले मापदण्ड पनि तोकेको छ।  

    सरकारले ‘कोभिड-१९ को महामारीबाट प्रभावित परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०८७’ पनि जारी भएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस