२०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

कति छन् सिन्धुपाल्चोकमा एमालेको संगठित सदस्य ?

  • २०७८ कार्तिक २५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • कार्तिक २४, २०७८

    चौतारा : नेकपा एमाले सिन्धुपाल्चोकले संगठित सदस्यको संख्या सार्वजनिक गरेको छ । आसन्न १० औँ महाधिवेशनको प्रतिनिधि छनोटको लागि एमालेले संगठित सदस्य सार्वजनिक गरेको हो।

    सिन्धुपाल्चोकमा १५ हजार २५ जना संगठित सदस्य रहेका छन्। जसमध्ये क्षेत्र नम्बर १ मा ८ हजार १९ र क्षेत्र नम्बर २ मा ७ हजार १ सय ११ गरी सो संख्याको आधारमा महाधिवेशनमा २३ जना प्रतिनिधि जान पाउने भएका छन् ।

    क्षेत्र नम्बर १ बाट ८ पुरुष र ४ महिला, क्षेत्र नम्बर २ बाट ८ पुरुष र ३ महिला जान पाउने नेकपा एमाले सिन्धुपाल्चोकले जनाएको छ ।

    महाधिवेशन प्रतिनिधिको लागि कात्तिक २५ गते मनोनयन दर्ता गरिने जनाईएको छ । २६ गते सहमतिको प्रयास गरिने र सहमति नभए २७ गते निर्वाचन मार्फत महाधिवेशन प्रतिनिधि छनौट गरिने एमालेले जनाएको हो ।

    महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन समितिले कार्यतालिका समेत प्रकाशन गरेको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस