२०८३ बैशाख २१, सोमबार | Mon, 04, May, 2026

रेडपाण्डाको छालासहित ५ जना पक्राउ

  • २०७८ कार्तिक ९, मंगलबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक ९, २०७८

    चौतारा : दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित प्रहरीले काठमाडौंबाट पाँच जनालाई पक्राउ गरेको छ ।

    महानगरीय अपराध महाशाखाको टोलीले रेडपाण्डाको छालासहित काभ्रेको रोशी गाउँपालिका–३ का २६ वर्षीय युवक लामा, नुवाकोट पञ्चकन्या गाउँपालिका–४ का २१ वर्षीय रुपेश अधिकारी, संखुवासभा सिलिचुङ गाउँपालिका–२ का २२ वर्षीय अरुण राई, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ का २० वर्षीय सुभाष गिरी र रसुवा गोसाइँकुण्ड गाउँपालिका–६ का २० वर्षीय दावा घलेलाई चावहिलबाट पक्राउ गरेको हो ।

    रेडपाण्डाको छाला अवैध रुपमा बिक्री गर्न लागेको सूचनाको आधारमा चावहिलको एक क्याफेबाट उनीहरुलाई आइतबार पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

    पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीका लागि सोमबार जिल्ला वन कार्यालय, काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस