२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

मध्य भोटेकोशीको आइपीओ बाँडफाँट, कसरी हेर्ने ?

  • २०७८ आश्विन ११, सोमबार मा प्रकाशित २ साल अघि
  • असोज ११, २०७८

    चौतारा : मध्य भोटेकोशी जलविद्युत्‌ले सोमबार आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बाँडफाँट गरेको छ । कम्पनीले गत साउन ५ गतेदेखि ३२ गतेसम्म आयोजना प्रभावित स्थानीयमा बिक्री गरेको आईपीओ सोमबार बाँडफाँट गरेको हो ।

    बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा आयोजना प्रभावित क्षेत्र अन्तर्गतका १८० कित्तासम्मका लागि आवेदन दिने आवेदकलाई माग बमोजिम सेयर दिइएको छ।

    १९० कित्तादेखि ४०० कित्तासम्म माग गर्ने आवेदकहरु मध्येबाट थप २ हजार ३१३ जनालाई गोलाप्रथाको माध्यमबाट थप १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ। आयोजना प्रभावित क्षेत्र अन्तर्गतका आवेदकहरुले १९० कित्तासम्म सेयर हात पारेका छन् ।

    आयोजना प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गत कुल आवेदकमध्येबाट १० कित्तादेखि ४० कित्तासम्म माग गर्नेलाई माग बमोजिम र ५० देखि ४०० कित्तासम्म माग गर्नेलाई गोलाप्रथाको माध्यमबाट ४० हजार ५४८ जनाले थप १० कित्ताका दरले सेयर पाएका छन्।

    आयोजना प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गतका आवेदकले अधिकतम ५० कित्तासम्म सेयर पाएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस