२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

तातोपानी नाकाबाट दैनिक २० गाडी सामान भित्रन दिने सहमति

  • २०७८ आश्विन ९, शनिबार मा प्रकाशित २ साल अघि
  • असोज ९, २०७८

    चौतारा : तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालले चिनियाँ वाणिज्य भन्सार तथा बन्दरगाह प्राधिकरणसँग सम्बन्धित अधिकारीहरूसँग छलफल गरेका छन् ।

    चीनको तिब्बत स्वशासित क्षेत्रस्थित भन्सार कार्यालयले तातोपानी नाकाबाट अबदेखि दैनिक २० गाडी नेपाल प्रवेश गराइदिने वचनबद्धता दिएको छ । नेपाल आउन लागेको १५ हजार मेट्रिक टन मल विनारोकावट जान दिने पनि चिनियाँ अधिकारीले वचन दिएका छन् ।

    ‘मैले तिब्बत स्वशासित क्षेत्रका अधिकारीहरूसँगको छलफलमा नेपालमा जान लागेको मल विनारोकावट नेपाल पठाउने, दसैँतिहारलक्षित सामान नरोक्नेलगायतका प्रतिबद्धता मागेको छु ।

    चिनियाँ अधिकारीहरूले तातोपानी नाकामा जस्तै केरुङमा पनि हुक एन्ड ड्रप तरिका अपनाएर कार्गो ढुवानी गर्ने विषयमा अध्ययन गर्ने पनि वचन दिएको ढकालले जानकारी दिए ।

    उनले तातोपानी र केरुङ नाकाबाट नेपाल भित्रिने ट्रकहरूको संख्या पनि थप गरिदिन आग्रह गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस