२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारी विजयी

  • २०७८ आश्विन ३, आईतबार मा प्रकाशित २ साल अघि
  • असोज २, २०७८

    चौतारा : संविधान दिवसको अवसरमा आयोजित पाँचपोखरी थाङपाल गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सकिएको छ।

    खेलकुद विकास समितिद्वारा जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा आयोजीत प्रतियोगितामा वडा कर्मचारी टिम तिन खेलमा विजयी हुँदै ९ अंकसहित प्रथम हुन सफल भएको छ।

    जनप्रतिनिधी दुई खेलमा विजयी हुँदै ६ अंकसहित दोस्रो र पालिका कर्मचारी टिम एक खेलमा विजयी भई ३ अंकसहित तेस्रो भएको गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टासी शेर्पाले बताए।

    आजको सम्पन्न भएको ्खेलमा जनप्रतिनिधी टिमले वडा कर्मचारी टिमलाई ४ –० गोलले पराजित गरेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस