२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

संविधान दिवसको अवसरमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल

  • २०७८ आश्विन २, शनिबार मा प्रकाशित २ साल अघि
  • असाेज २, २०७८

    चाैतारा : संविधान दिवसको अवसरमा पाँच पोखरी थाङपाल गाउँपालिकामा  जनप्रतिनिधि र कर्मचारीहरूबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु भएको छ ।  

    खेलकुद विकास समितिद्वारा जिल्लाको पाँच पोखरी थाङपाल गाउँपालिकामा आयोजित प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो खेलमा पालिका कर्मचारी टिमले ६–० गोलले गाउँपालिका जनप्रतिनिधि टिमलाई पराजित गरेको छ । 

    त्यस्तै गाउँपालिका कर्मचारी टिम र वडा कर्मचारीबिच भएको दोस्रो खेलमा वडाले पालिकालाई ४–२ गोलले पराजित गरेको छ । 

    तेस्रो खेल पालिका जनप्रतिनिधि र वडा कर्मचारी बिच भएको थियो । जसमा जनप्रतिनिधि टिमलाई वडाले ४–१ ले पराजित गरेको कृषि शाखा प्रमुख निमराज गिरीले बताए ।

    नाईन ए साइड अनुसार खेलाइएको प्रतियोगिताको पाँच पोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले उद्घाटन गरेका थिए ।

    फाइनल खेल भोलि हुने गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टासी शेर्पाले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस