
भदौ २४, २०७८
चौतारा : मेलम्ची नगरपालिका ११ दनुवार गाउँको छेउमा ठुलो पहिरो गएको छ। केही दिनयताको निरन्तर बर्षाले पहिरो गएको हो।
पहिरो खानीगाउँ घटेर टोल सम्म गएको र अझै झरी रहेको स्थानीय दशरथ दनुवारले बताए। पहिरो विस्तारै बस्ती तिर छिर्ने डरमा रातभरी सुत्न नसकेको उनको भनाइ छ।
पहिरो रोक्न प्रयास गरिदिन स्थानिय सरकारलाई आग्रह गरेका छन्। पहिरो बढदै जाँदा घटेर टोल समेत जोखिममा परेको छ।



प्रतिक्रिया दिनुहोस