२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

सिन्धुपाल्चोकका खानेपानी परियोजनालाई जापानको सहायता

  • २०७८ भाद्र २०, आईतबार मा प्रकाशित २ साल अघि
  • भदौ २०, २०७८

    चौतारा : जापानले सिन्धुपाल्चोक जिल्ला खानेपानी परियोजना र कृषिजन्य आम्दानीका लागि सहयोग गर्न आठ करोड ३२ लाख १० हजार रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ ।

    जापानी राजदूत किकुता युताका र जापानको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था पीस विन्ड्सका प्रतिनिधि यामागुची नानाले अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्।

    ‘पीस विन्ड्सले सुटेबल एक्सन फर प्रोस्पेरिटी’ नामक स्थानीय गैरसरकारी संस्थासँग मिलेर सिन्धुपाल्चोकको सुनकोशी र मेलम्ची नगरपालिकाका साथै बलेफी गाउँपालिकामा उक्त परियोजना सञ्चालन गर्ने बताइएको छ ।

    परियोजनाले उक्त क्षेत्रका स्थानीयको स्वास्थ्य र सरसफाइमा योगदान पुग्नेगरी गुणस्तरीय खानेपानीमा पहुँच सुनिश्चित गर्ने बताइएको छ ।

    त्यस्तै, स्थानीय कृषि उत्पादनका लागि बजारको प्रबन्ध गरिदिएर त्यहाँका बासिन्दाको आयस्रोत उकास्न पनि यो परियोजनाले सहयोगी भूमिका खेल्ने बताइएको छ ।

    हस्ताक्षर कार्यक्रममा बोल्दै जापानी राजदूत किकुताले समुदायमा आधारित यस्ता परियोजनाले स्थानीय वासिन्दाको जीवनस्तर उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

    कोरोना महामारीका कारण संकट झेलिरहेको बेलामा यस्ता खालका परियोजनाले कोरोना महामारीपछिको समृद्ध समाज निर्माणका साथै गरिबी निवारणमा महत्वपूर्ण योगदान पुग्ने बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस