२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

मेलम्ची मर्मत गर्न आयोजनाले सरकारसँग माग्यो अढाई अर्ब

  • २०७८ भाद्र १६, बुधबार मा प्रकाशित २ साल अघि
  • भदौ १६, २०७८

    चौतारा : बाढीलेक्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाले सरकारसँग अढाइ अर्ब रुपैयाँ मर्मत खर्च माग गरेको छ।

    चैत महिनासम्ममा अस्थायी रुपले काठमाडौं उपत्यकाभित्र पानी भित्र्याउने उद्देश्यसहित आयोजनाले अढाइ अर्ब खर्च अनुमानसहित मन्त्रालयमा कार्ययोजना पेश गरेको मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले जानकारी दिए।

    उक्त कार्ययोजना प्रस्तावमाथि छलफल गरी योजना अघि सारिने उनले जानकारी दिए। उनले भने,‘आयोजनाले मर्मतका लागि अढाइ अर्ब खर्च लाग्ने अनुमानसहित यहाँ कार्ययोजना पेश गरेको छ, अध्ययन भइरहेको छ।’

    उनले पानी ल्याउने विकल्पमाथि छलफल गरेर मात्रै कहिले सम्ममा पानी उपत्यकामा ल्याउन सकिने भन्ने समय यकिन गर्न सकिने उनले बताए। आयोजनाका अनुसार गत असारमा आएको बाढीले खानेपानीको हेडवर्क्समा धेरै क्षति पुगेको छ। सुरुङको करिब २ सय मिटर डाइभर्सन पुरिएको छ। 

    मेलम्ची बजारदेखि हेडवर्क्ससम्म पुग्ने सडक बाढीले बगाएकाले अब नयाँ सडक निर्माण गर्नुपर्ने छ। बाढीले १ अर्ब रूपैयाँभन्दा बढीको आयोजनामा ठूलो क्षति पुर्‍याएको आयोजनाको आंकलन छ। त्यस्तै,मन्त्रालयले आयोजनाको माथिल्लो भाग थ्रेमाथाङमा रहेको थेग्रिनी र त्यसले मेलम्चीमा पार्नसक्ने स्थितिको समग्र भौगर्भिक अध्ययन गर्न एसियाली विकास बैंक (एडिबी)लाई लगाउने बारे पनि छलफल हुने प्रवक्ता न्यौपानेले बताए।

    ‘मन्त्रालयले गत साउनमै एडिबीलाई भौगर्भिक अध्ययन गर्न प्रस्ताव गरेका थियौँ,यस विषयमा पनि छलफल हुन्छ।’  उनका अनुसार एडिबीले के कस्ता काम गर्ने भनी टिओआर पठाएको छ। यसै विषयमा मन्त्रालयमा छलफल हुने छ। 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस