२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

फेरि बढ्यो पेट्रोल र खाना पकाउने ग्यासको मूल्य, कति पुग्यो ?

  • २०७८ भाद्र ८, मंगलबार मा प्रकाशित २ साल अघि
  • भदौ ८, २०७८

    चौतारा : नेपाल आयल निगमले पेट्रोल, डिजेल, खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले सोमबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको जनाएको छ।

    निगमले पेट्रोलमा २ रूपैयाँ बढाएर नयाँ मूल्य प्रति लिटर १ सय ३० रूपैयाँ पुर्‍याएको छ। यसैगरी, डिजल/मट्टीतेल प्रतिलिटर १ सय १३ रूपैयाँ र आन्तरिक हवाई इन्धनको मूल्य ८६ रुपैयाँ बनाएको छ।

    खाना पकाउने एलपी ग्यासमा निगमले फेरि २५ रूपैयाँ बढाएर १ हजार ४ सय ५० पुर्‍याएको छ। यसअघि पनि निगमले एलपी ग्यासको मूल्य २५ रूपैयाँ बढाएको थियो। अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर १७ अमेरिकी डलरले बढाएर ७ सय ७० अमेरिकी डलर पुर्‍याएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस