२०८३ आश्विन २९, बिहिबार | Thu, 15, Oct, 2026

माधव नेपाल भन्छन् : ओली सुध्रिए चुनावमा सिट बाँड्न सकिन्छ

  • २०७८ भाद्र २, बुधबार मा प्रकाशित ५ साल अघि
  • भदौ २, २०७८

    काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको ढोका बन्द गरेको बताएका छन्। 

    आफूनिकट जनवर्गीय संगठनहरुको कार्यक्रमलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै नेता नेपालले भने, ‘ओलीले पार्टी एकता चाहेनन्। अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरणसँग सहकार्य गरेर अघि बढ्छौँ।’

    उनले अहिले नयाँ दल दर्ता गरेपनि अरु पार्टीसँग एकीकरण गर्ने पक्षमा नरहेको बताए। ओलीकै कारणले पार्टी विभाजनको मोडमा पुगेको बताउँदै ओली सुध्रिए भने फेरि एकता हुनसक्ने र चुनावी तालमेल गर्न सकिने स्पष्ट पारे। ओलीले पार्टी एकताको ढोका बन्द गरेको उनको भनाइ छ। 

    ‘ओलीले पार्टीमा गरेको कारबाहीको कुनै अर्थ छैन। उहाँ पार्टी विभाजन गर्न उद्दत् हुनुहुन्छ। हामी पार्टीलाई एकताको अन्तिम प्रयास गरिरहेका छौँ’ उनले भने। 

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    ↑