२०८३ बैशाख २३, बुधबार | Wed, 06, May, 2026

सरकारले बेवास्ता गरेकाे भन्दै हेलम्बु बाढी पीडितद्वारा संघर्ष समिती गठन

  • २०७८ श्रावण १६, शनिबार मा प्रकाशित ४ साल अघि
  • साउन १६, २०७८

    चाैतारा : स्थानीय, प्रदेश र केन्द्र सरकारले बेवास्ता गरेको भन्दै हेलम्बुका बाढी प्रभावितले सङ्घर्ष समिती गठन गरेका छन् ।

    शनिबार ३५ सदस्यीय हेलम्बु-मेलम्ची खोला बाढी पीडीत सरोकार समिति गठन गरेका हुन्।

    भरत थापा अध्यक्ष रहेको समितीमा मिङमार शेर्पा उपाध्यक्ष, अर्जुन भण्डारी सचिव रहेका छन् । बाढी गएको ४५ दिन भइसक्दा पनि तीनै तहकाे सरकारले समस्या सुनुवाइ नगरेपछि संघर्ष समिति गठन गरेकाे अध्यक्ष थापाले बताए।

    बाढी प्रभावितलाई उद्दार तथा पुनःस्थापि गर्दै क्षति भएका पुर्नसंरचनालाई उठाउन सहयोग पुर्याउन सर्वदलिय, सर्वपक्षीय समिती गठन गरिएको थापाको भनाइ छ ।

    असार १ को बाढीमा हेलम्बुका ९० घर पुर्ण क्षति भएको छ भने सयौँ परिवार विस्थापित हुनुका साथै करोडौको क्षति भएको थियो।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस