२०८३ बैशाख २३, बुधबार | Wed, 06, May, 2026

भोताङमा बाँदर धपाउन कुकुरसहित आउन वडाको निम्तो

  • २०७८ श्रावण ४, सोमबार मा प्रकाशित ४ साल अघि
  • असार ४, २०७८

    चौतारा : पाँचपोखरी थाङ्पाल गाँउपालिका ३ भोताङमा बाँदरले बालीनाली सखाप पार्न थालेपछि बाँदर धपाउन वडाका सबै घरलाई बाँदर धपाउन निम्तो दिएको छ।

    वडाले एक सूचना प्रकाशन गर्दै बाँदर धपाउन भोलि साउन ५ गते बिहान ८ बजे वडाका प्रत्येक घरबाट १ जना व्यक्ति र कुकुर हुने परिवारले कुकुरसमेत लिएर आउन अनुरोध गरेको छ।

    वडाका सबै टोलबाट बाँदरले बालीनाली नष्ट गरेको गुनासो आएपछि बाँदरलाई धपाएर खोला कटाउने योजना बनाएको वडाध्यक्ष निमाछिरिङ तामाङले बताए।

    वडाका सबै (नौ सय भन्दा धेरै) घरबाट एकैपटक बाँदर धपाउन निम्तो दिएको उनले बताए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस